
WHAT IS ONE HEALTH? (ONE HEALTH के हो)
One Health भन्नाले मानिस, जनावर र वातावरणको स्वास्थ्य अविच्छिन्न रूपमा जोडिएको भन्ने वैज्ञानिक र व्यवहारिक धारणा हो।
• यो धारणा पुरानै हो, तर COVID-19, Ebola, Avian Influenza जस्ता रोगहरूपछि झनै महत्त्वपूर्ण बनेको हो।
• मुख्य तत्त्वहरू:
- मानव स्वास्थ्य
- पशु स्वास्थ्य
- वातावरणीय स्वास्थ्य
🎯 उदाहरण: यदि कुनै जंगल नष्ट भयो भने, त्यहाँका बाँदर र चमेराहरू बस्ती नजिक आउँछन्, जसले नयाँ रोगको खतरा बढाउँछ। यसरी वातावरणीय परिवर्तनले जनावर र मानिसमा असर पार्न सक्छ।
जनावरहरूको One Health मा भूमिका:
• जनावरहरू बिना मानव जीवन अधुरो हुन्छ। तर जनावरहरूसँग घनिष्ठ सम्बन्ध हुँदा रोग सर्ने खतरा पनि हुन्छ।
जनावरका मुख्य भूमिका:
- पोषण र आहारको स्रोत – गाईको दूध, कुखुराको अण्डा, बाख्राको मासु आदि पोषण पूर्तिका लागि।
- आर्थिक स्रोत – कृषिमा आधारित अर्थतन्त्रमा पशुपालनले रोजगारी र आम्दानी दिन्छ।
- सामाजिक/सांस्कृतिक भूमिका – नेपालमा धेरै जनावरहरू पूजनीय छन् वा परम्परागत काममा प्रयोग गरिन्छ (गोरु जोत्न, घोडा चढ्न)।
- रोगको सम्भावित स्रोत – रोग लागेको जनावरबाट मानिसमा सर्न सक्छ।
जोखिमयुक्त अवस्था:
- गलत हेरचाह
- अस्वस्थ स्थान
- खोर सफा नगर्नु
- खोप नगर्ने जस्ता क्रियाकलापले रोगको जोखिम बढाउँछ।
रोग स्रोत जनावर र संक्रमणको तरिका तथा प्रभाव:
रोग | स्रोत जनावर | सर्ने तरिका | असर |
---|---|---|---|
रेबीज | कुकुर, बाँदर | टोकाइ | मस्तिष्कमा असर, मृत्यु |
ब्रुसेलोसिस | गाई, बाख्रा | काँचो दूध, सम्पर्क | थकाइ, ज्वरो, बाँझोपन |
बर्ड फ्लु | कुखुरा, हाँस | हावा, सम्पर्क | श्वासप्रश्वासको समस्या, महामारी हुनसक्ने |
एन्राक्स | गाई, भैंसी | संक्रमित मासु, माटो | घाउ, आन्तरिक र बाह्य रक्तस्राव |
🦠 कोभिड-१९ अद्यावधिक तालिका (२०७८/०९/१४ अनुसार)
स्रोत: WHO र FAO/WOAH, डिसेम्बर २९, २०२४
खण्ड | विवरण |
---|---|
🔹 रोगको नाम | गम्भीर तीव्र श्वासप्रश्वास सङ्क्रमण कोरोना भाइरस–२ (SARS-CoV-2) |
🔹 मानव मृत्यु | ७०,७९,९२५ जना |
🔹 कुल मानव सङ्क्रमण | ७७,७१,२६,४२१ जना |
🔹 रिपोर्ट गरिएका देश | २४० देश |
🔹 संक्रमित जनावर प्रजाति | ४० भन्दा बढी प्रजाति – गाई, भैंसी, कुकुर, बिरालो, मिंक, चितुवा, बाघ, सिंह आदि |
🔹 संक्रमित जनावर देश | ४८ देश |
🐦 एभियन इन्फ्लुएन्जा (H5N1) अद्यावधिक जानकारी
(१ जनवरी २००३ देखि १ नोभेम्बर २०२४ सम्म)
👤 मानव अद्यावधिक
विवरण | संख्या |
---|---|
कुल मानव सङ्क्रमण | ९३९ जना |
कुल मृत्यु संख्या | ४६४ जना |
रिपोर्ट गरिएका देशहरू | २४ देश |
मृत्यु दर (Case Fatality Rate) | ४९% |
🐔 पशु अद्यावधिक
विवरण | संख्या/प्रजाति |
---|---|
रिपोर्ट गरिएका देशहरू (AI संक्रमण) | १०८ देश |
संक्रमित चराहरू | ५०० भन्दा बढी प्रजाति |
संक्रमित स्तनधारी प्रजातिहरू (कम्तिमा) | ७० प्रजाति (गाई, बाघ, मिंक आदि) |
🦠 सुदुर पश्चिम प्रदेशमा रेबीजको स्थिति (२०२३–२०२५)
जिल्ला | पोजेटिभ केस संख्या (रेबीज) |
---|---|
कञ्चनपुर | १०७ |
कैलाली | ९२ |
डडेलधुरा | १ |
डोटी | १२ |
अछाम | ९ |
बझाङ | ५ |
बैतडी | ० |
दार्चुला | ० |
बाजुरा | ० |
अन्य | २ |
जम्मा | २२८ |
केहि तस्विरहरु


🛡️ रोकथामका उपायहरू
• खोप लगाउने
• पशु फार्मको सरसफाइ गर्ने
• PPE (व्यक्तिगत सुरक्षा सामग्री) को प्रयोग गर्ने
• मासु र दूध राम्ररी पकाएर मात्र सेवन गर्ने
पशुचिकिस्तको भूमिका
• जनावरको स्वास्थ्य परीक्षण र उपचार गर्नु।
• तालिका अनुसार खोप कार्यक्रम सञ्चालन गर्नु।

• रोग निगरानी र रिपोर्टिङ प्रणालीमा समावेश हुनु।
• जनचेतना कार्यक्रम सञ्चालन गरी किसान, विद्यार्थी र समुदायलाई जानकारी दिनु ।
🏥 One Health मा बहुक्षेत्रीय सहकार्य
• One Health सफल बनाउनका लागि पशु चिकित्सक मात्र नभई मानव स्वास्थ्यकर्मी, वातावरणविद्, नीतिनिर्माताहरू, शिक्षक, पत्रकार आदिको संयुक्त प्रयास आवश्यक हुन्छ।
• यसले रोगको प्रकोपलाई पहिल्यै रोक्न मद्दत गर्दछ।

🐄 जनावरको स्वास्थ्य, पोषण र वातावरणको प्रभाव — One Health दृष्टिकोणबाट
१. जनावरको पोषण र यसको One Health सँग सम्बन्ध
• स्वस्थ जनावरको लागि सन्तुलित आहार अत्यावश्यक हुन्छ।
• उचित पोषणले:
– रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ
– उत्पादन (दूध, मासु, अण्डा) सुधार गर्छ
– औषधिको प्रयोग घटाउँछ
📌 उदाहरणहरू:
• कुखुरालाई सन्तुलित आहार नदिँदा Salmonella सन्निकट हुने सम्भावना बढी हुन्छ।
• पाचन प्रणाली कमजोर हुँदा रोगप्रति संवेदनशीलता बढ्छ।
✍️ लेखक: डा शिवप्रसाद कँडेल